पार्टीसँग परामर्श गरेर प्रधानमन्त्रीले मन्त्रीमण्डल फेर्न सक्नुहुन्छ : उर्जामन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पार्टीसँग परामर्श गरेर प्रधानमन्त्रीले मन्त्रीमण्डल फेर्न सक्नुहुन्छ : उर्जामन्त्री

urjamantri pun

काठमाडौं, ३ चैत । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग परामर्श गरेर मन्त्रीमण्डल हेरफेर गर्न सक्ने बताएका छन् । मन्त्री पुनले प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने भन्दै त्यसलाई आफूले महत्व नदिएको दाबी गरे ।

आईतबार आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले मन्त्रीहरुको कार्य विभाजनमा हेरफेर गर्ने विषय सामान्य भएको भन्दै बसुन्जेल आफूले देश र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्नेउल्लेख गरे ।

मन्त्री पुनले आफ्नो मन्त्रालयले सबैभन्दा बढि कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरेको दावी पनि गरे । उनले आफूले एक वर्षको अवधिमा राष्ट्रिय जलस्रोत नीति तर्जुमा गरेको तथा जलस्रोत ऐन प्रदेश र स्थानीय तहको अधिकारको बाँडफाँडसहित तयार पारिएको पनि उल्लेख गरे ।

मन्त्री पुनले ३ वर्ष भित्र सम्पन्न हुने गरी नदी बेसिन योजना तथा जलविद्युत विकास गुरुयोजना तर्जुमा गर्ने कामलाई पनि अघि बढाइएको जानकारी दिए । उनले ९ सय ८२ मेघावाट जलविद्युत आयोजना आगामी आर्थिक वर्ष भित्र सम्पन्न हुने लक्ष्यका साथ काम भईरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);