हवाई सेवा कम्पनीले सरकारलाई २ अर्व ३५ करोड बक्यौता बुझाउन बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

हवाई सेवा कम्पनीले सरकारलाई २ अर्व ३५ करोड बक्यौता बुझाउन बाँकी

lekha samiti-rakam bujhauna baki

काठमाडौं, ३ चैत । हवाई सेवा कम्पनी सहित विभिन्न संघसंस्थाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई करिव २ अर्व ३५ करोड बक्यौता रकम बुझाउन बाँकि रहेको देखिएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल एयरलाइन्स, सौर्य एयरलाइन्स, एयर इन्डियालगायतका विमान कम्पनीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई करिव २ अर्व ३५ करोड बराबरको बक्यौता रकम बुझाउन बाँकि रहेको जानकारी दिए । आईतबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले ती बक्यौता रकम मध्ये ५० लाख भने भुक्तानी हुने क्रममा रहेको बताए ।

बैठकमा समितिका सदस्य राजेन्द्रकुमार केसीले अर्बौको रकम जिम्मेवार ढंगले उठाउने काम नगरेको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका पदाधिकारीप्रति आक्रोश व्यक्त गरे ।

समितिका अर्का सदस्य विरोध खतिवडाले विमान कम्पनीहरुको बक्यौता रकम असुल गर्न कर्मचारीहरु सचेत नभएको उल्लेद गरे । उनले हिनाहिना गरेर खाने र बक्यौता रकम देखाउने काम कर्मचारीहरुबाट हुने गरेको आरोप लगाउँदे सैह्य नहुने चेतावनी दिए ।

यता, त्रिभवुन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने ३ महिना भित्र सो बक्यौता रकम असुल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसँग सम्झौता गरेर सेवा प्रवाह गरिरहेका वायु सेवा निगमलगायतका संघ, संस्थाहरुको बुझाउन बाँकि बक्यौता रकम धेरै भएको पाइएपछि त्यससम्बन्धमा सार्वजनिक लेखा समितिले आईतबार सरोकारवाला निकायसँग छलफल गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);