नेपाल नागरिक उड्डयन प्राधिकरणको डेढ अर्ब रकम उठेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

नेपाल नागरिक उड्डयन प्राधिकरणको डेढ अर्ब रकम उठेन

काठमाडौं, १७ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्सहरुबाट डेड अर्व हाराहारी रकम उठाउन सकेको छैन । सरकारी तथा निजी निकायबाट प्राधिकरणलाई बक्यौता रकम नतिर्ने २० विदेशी एयरलाइन्स छन् । जसले नेपाललाई करोडौं रुपैयाँ नतिरी आफ्नो उडान समेत नेपालमा बन्द गरेका छन् ।

प्राधिकरणका अनुसार कतिपय एयरलाइन्स नेपालबाट उडान झिकेपछि अन्य देशमा नियमित सञ्चालनमा छन् भने कतिपय कम्पनी टाट पल्टिएर बन्द भइसकेका छन् । प्राधिकरणले वायुसेवा कम्पनीहरुबाट जहाज अवतरण, पार्किङ, एयर नेभिगेसन, (सञ्चार तथा उड्डयन सहायता सेवा) विमानस्थल विकास शुल्क, घरभाडा लगायत असुल उपर गर्दै आएको छ ।

बेलैमा सरकारी दायित्व नतिर्ने एयरलाइन्स वा संस्थासँग गरिएको सम्झौता पत्र स्थगन गर्न सकिने वा सम्पति रोक्का राख्ने अधिकार प्राधिकरणको नियमावलीले विमानस्थल प्रमुखलाई दिएको छ ।

तर बर्षौदेखि बिमानस्थल प्रमुखहरुले यो नियम लागु गर्नका लागी तदारुकता नदेखाउँदा कतिपय एयरलाइन्सहरु बिमानस्थल प्रयोग गरेबापत रकम नतिरी बन्द भएका छन् ।

प्राधिकरणको बिमानस्थल सेवा शुल्क नियमावली अनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ग्राउन्डेड गर्न सकिने अधिकार प्राधिकरणका महाप्रबन्धकलाई दिएको छ ।

तर बिदेशी एयरलाइन्सहरुले नेपालको सिस्टम अनुसार पेनाल्टी रकम धेरै हुने हुनाले रकम तिर्न नमान्ने गरेको प्राधिकरणको भनाइ छ ।

त्रिभुवन विमानस्थलमा पार्किङ गरेवापत तिर्नुपर्ने रकम नर्तिनु गैरकानुनी भएको उपभोक्ता अघिकारकर्मीको भनाइ छ । सेवा लिएवापत उपभोक्तासँग रकम असुल्ने तर सरकारलाई तिर्नुपर्ने रकम छली गर्ने एयरलाइन्सहरुलाई कारवाहीको दायरामा ल्याइनुपर्ने उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।

नागरिक उड्ययन प्राधिकरणले एयर एसियाबाट १८ करोड, कस्मिक एयरबाट ३ करोड, हिमालयन एयरको ३ वटा उडान वापत साढे सात करोड, नेपाल वायु सेवा निगमबाट ३० करोड रकम उठाउन बाँकी छ ।

यसैगरी भन्सार बिभागबाट ५५ करोड रकम प्राधिकरणले उठाउन बाँकी रहेको छ । किङग फिसर, निकोन एयर, जेड एयर, किङफिसर लगाएतका केही एयरलाइन्सका उडान नै बन्द भएका भइसकेका छन् । यी एयरलाइन्सहरुबाट पनि झण्डै ३० करोड रुपैयाँ उठाउन बाँकी रहेको छ ।

बिमानस्थलको कर्पोरेट महाशाखाले केहीलाई पत्राचार गर्ने बाहेक अन्य केही कारवाहीको तयारी गरेको देखिदैन । त्रिभुवन बिमानस्थलमा हाल २८ वटा अन्तराष्ट्रिय एयरलाइन्स, सात वटा डोमेस्टीक एयरलाइन्स, र १२ वटा हेलिकप्टरले पार्किङ गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);