नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई हिमालय एयरलाइन्सबाट साउदी लाने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई हिमालय एयरलाइन्सबाट साउदी लाने तयारी

काठमाडौं। नेपालबाट साउदी अरव जान भनेर डेढ महिना अघि नेपाल आएका भारतीय नागरिक बल्ल साउदी जान पाउने भएका छन् । नेपाल सरकार भारतीय दूतवास र साउदी अरबको समेत अनुमतिमा उडान स्वीकृतमा भारतीय नागरिक साउदी जान पाउने भएका हुन् ।

नेपालमा निषेधाज्ञा जारी हुनु पूर्व नै आएका उनीहरु नेपालमा अन्तराष्ट्रिय उडान बन्द भएसँगै रोकिएका थिए। नेपालमा अड्किएका भारतीय नागरिक लैजानका लागि नेपाल उड्डयन प्राधिकरणले १० उडानको अनुमति समेत दिइ सकेको प्राधिकरणका प्रवक्ता राजकुमार खत्रीले बताए ।

यसमा हिमालय एयरलाइन्स कम्पनीले ७ वटा उडान र नेपाल एयरलाइन्सले तीन वटा उडानले ती नागरिकलाई साउदी लाने भएको हो। प्राधिकरणका अनुसार मंगलबार हिमालय एयरलाइन्सको तीन र नेपाल एयर लाइन्सको दुई वटा चाटर्ड उडानबाट भारतीय नागरिकलाई साउदी लाने तयारी गेरेको हो ।

त्यस्तै अन्य बाँकी रहेका नागरिकलाई अर्को चाटर्डमार्फत लैजाने सहमति पनि भएको छ । भारतमा कोरोना फैलिएसँगै विभिन्न देशले अन्तराष्ट्रिय उडान रोकेकाले भारतीय नागरिक नेपाललाई ट्रान्जिट बनाउँदै अर्को मुलुक जाने गरेका थिए ।

तर, पछि नेपालमा भारतीय नागरिक निर्वाध रुपमा आएसँगै कोरोना फैलने डरले सरकारले ट्रान्जिट रोकेको थियो । नेपालमा अन्तराष्ट्रिय उडान बन्द भएसँगै उनीहरु चाटर्डमार्फत साउदी जान पाउँने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);