सुनसरीका संक्रमित पत्रकार भन्छन्, ‘घरमै डाक्टर आउँदा आत्मबल बढ्यो’ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सुनसरीका संक्रमित पत्रकार भन्छन्, ‘घरमै डाक्टर आउँदा आत्मबल बढ्यो’

इटहरी । सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधि तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन् ।

इटहरीका पुराना पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले घरमै आइसोलेट भएर बसेको बेला डाक्टर, नर्ससहित औषधि र परामर्श दिदाँ आफूलाई कोरोनाविरुद्ध लड्न आत्मबल पुगेको बताए ।

नेपाल प्रेस युनियन सुनसरीले सोमबारदेखि जिल्लामा रहेका संक्रमित पत्रकारहरुको घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको छ । सोही सन्दर्भमा संक्रमित पत्रकार भट्टराईले भने, ‘हौशला र आत्मबल भयो भने कोरोनालाई सहज रुपमा जित्न सकिने रहेछ । घरमै आइसोलेट भएर बस्दा पनि केही गाह्रो भयो भने पनि उत्प्रेरणा र आत्मबलले कोरोना जितिने रहेछ ।’

प्रेस युनियन सुनसरीले मेडिकल अधिकृत डा. अमितकुमार खतिवडा, स्टार्फ नर्स किरण चौधरी, मेडिकियर पोलिक्लिनिक कालाबन्जरका अध्यक्ष तथा औषधि विज्ञ घनेश्वर शर्मासँगको सहकार्यमा जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको युनियका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

यसपटक दोस्रो चरणको भेरियन्ट आइकन पनि झण्डै एक दर्जन पत्रकारहरु संक्रमित भएकाले उनीहरुलाई कोरोना जित्नका लागि आत्मबल बढोस् भन्ने उदेश्यले उक्त अभियान सञ्चालन गरिएको उनले बताए ।

डा. अमितकुमार खतिवडाले कोरोना संक्रमित मानिसहरुलाई हौशला र आत्मबल बढाउनका निम्ति परामर्श दिने गरेको बताए । उनले भने, ‘यसबेला धेरैजसो मानिसहरु मानसिक रुपमा कमजोर भएका छन्, त्यतिकै पनि त्रासमा बाँचिरहेका छन्, यस्तो समयमा सकारात्मक परामर्शले पनि ठूलो समस्या समाधान हुनसक्छ ।’ उनले अहिले नकारात्मक समाचारहरु मात्रै आएको, महामारीको त्रास फैलिएको र मानसिक रुपमा मानिसहरु कमजोर भएकाले निःशुल्क औषधि, परामर्श दिएको बताए ।

सोमबार युनियनले पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, कोषाध्यक्ष अजित झा, इटहरीका सञ्चारकर्मी बाबुराम खड्का लगायत आधा दर्जन बढी सञ्चारकर्मीको घरमै गएर सेवा प्रवाह गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);