प्रेस युनियन सुनसरीको मोबाइल डाक्टर प्रभाबकारी बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रेस युनियन सुनसरीको मोबाइल डाक्टर प्रभाबकारी बन्दै

सुनसरी । बिहीबार बिहान सिमसिम पानी परिरहेको थियो । शरीरमा पीपीई, पञ्जा र फेस शिल्ड लगाएका मानिसहरुलाई देख्दा धरानका स्थानीय मानिसहरु एकोहोरो हेरिरहेका थिए । माथि उल्लेखित दृश्य हो, नेपाल प्रेस युनियन सुनसरीले सुरु गरेको मोबाइल डाक्टर अभियानको ।

यसबेला प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुको घरमै गएर मोबाइल डाक्टर सेवा दिदैँ आएको छ । प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार धरानमा रहेको कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई बिहीबार मोबाइल डाक्टर सेवा प्रवाह गरिएको छ ।

धरानका तीनजना सञ्चारकर्मीहरुलाई मोबाइल डाक्टर सेवा प्रवाह गरिएको हो । यसअघि इटहरी र इनरुवाका आठजना सञ्चारकर्मीहरुलाई सो सेवा प्रदान गरिसकिएको उनले बताए । ‘हामीले कोरोना संक्रमित सञ्चारकर्मीको घरमै गएर डाक्टरसहित औषधी प्रदान गर्दै आएका छौँ,’ अधिकारीले भने, ‘डाक्टर र नर्सले कोरोना संक्रमितहरुलाई उत्प्रेरणामुलक कुरा सेयर गर्ने र औषधी प्रदान गर्दै आउनुभएको छ, प्रेस युनियनको यो अभियानले यसबेला कोरोना जित्नका लागि हौसला मिलेको अनुभव गरेका छौँ ।’

उनका अनुसार कोरोना लागेर आइसोलेट भएका सञ्चारकर्मीहरुलाई मोबाइल डाक्टर सेवाले कोरोना जित्नका लागि हौसला प्रदान गर्नेछ । मोबाइल डाक्टर सेवाका लागि डा। अमित कुमार खतिवडा, औषधी विज्ञ धनेश्वर शर्मा, स्टाफ नर्स किरण चौधरीले चिकित्सकीय परामर्श गर्दै आएको अधिकारीले बताए । साथै, केयरफस्ट पोलिक्लिनिक कालाबञ्जरले आवश्यक औषधी तथा भिटामिनका सामान उपलब्ध गराउँदै आएको छ । त्यस्तै, इटहरीका सर्जिकल व्यवसायी ओमप्रकाश निरौलाले स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।

बिहीबार धरानका सञ्चारकर्मीहरुलाई चिकित्सकीय टोलीसहित प्रेस युनियनका अध्यक्ष अधिकारी, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, सहसचिव भोला श्रेष्ठ, महासंघका सदस्य विवेक विवश रेग्मी, प्रेस युनियन धरानका संयोजक मात्रिकाप्रसाद नेपाल तथा युनियन धरानका सल्लाहकार लक्ष्मण थापाले सञ्चारकर्मीको घरमै पुगेर आवश्यक परामर्श गरेका थिए ।

धरानका सञ्चारकर्मी कमानसिंह राई, नवीन रम्तेल र नेगेटिभ रिपोर्ट आएर पनि शरीर अस्वस्थ रहेका पारस राईलाई उनीहरु बसेकै स्थानमा गएर चिकित्सकहरुले बिहीबार परामर्श गरेका थिए । टोलिमै गएका महासङ अध्यक्ष राइले प्रेस युनियन सुनसरीले गरेको काम अत्यन्तै प्रभाबकारी बनेको बताए । उनले प्रेस युनियनले कोरोना कालमा निकै महत्वपूर्ण काम गरेको भन्दै प्रसम्सा समेत गरेका छन । त्यस्तै, इटहरीका सञ्चारकर्मी प्रकाश तिम्सिनाको घरमै गएर परामर्श दिइएको थियो ।

होम आइसोलेट भएर बसेको समयमा के गर्ने, के नगर्ने, के खाने, के नखाने भन्ने विषयमा डा। अमितकुमार खतिवडाले आवश्यक परामर्श दिएका थिए । । डा। खतिवडाले भने, ‘यसबेला धेरैजसो मानिसहरु मानसिक रुपमा कमजोर भएका छन्, त्यतिकै पनि त्रासमा बाँचरिहेका छन्, यस्तो समयमा सकारात्मक परामर्शले पनि ठूलो समस्या समाधान हुनसक्छ ।’

उनले अहिले नकारात्मक समाचारहरु मात्रै आएको, महामारीको त्रास फैलिएको र मानसिक रुपमा मानिसहरु कमजोर भएकाले निःशुल्क औषधी, परामर्श दिएको बताए । घरमै चिकित्सकीय टोलीसहित युनियनले स्वास्थ्य अवस्था बुझ्न आउनु सकारात्मक रहेको संक्रमित सञ्चारकर्मीहरुले बताएका थिए । उनीहरुले घरमै आएर स्वास्थ्य अवस्था बुझेर आवश्यक स्वास्थ्य सामाग्री सहित औषधी दिदाँ कोरोना जित्नका लागि हौसला मिलेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);