अर्घाखाँची अस्पतालका १४ स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अर्घाखाँची अस्पतालका १४ स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना पुष्टि

corona virous

अर्घाखाँची, २२ असोज । अर्घाखाँची जिल्ला अस्पतालका १४ जना स्वास्थ्यकर्मी सहित २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब पठाईएकोमा ५ जना चिकित्सक, ९ जना स्वास्थ्यकर्मी र ८ जना समुदायस्तरका गरी २२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

अस्पतालका डाक्टर जगदिश शर्मा सहितका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो । स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालबाट प्रदान हुने अत्यावश्यक र प्रसुती सेवा बाहेकका सम्पुर्ण सेवा सोमबारदेखि बन्द छ ।

४ दिन अघि राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी, रामबाण दल गुल्मका गुल्मपती अशोक कुमार थापाक्षेत्री, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, रेडक्रस शाखाका जिल्ला सभापति कुशल भुसाल, अर्घाखाँची अस्पतालका डा. जगदीश शर्मा लगायतका व्यक्तिहरुलाई कोरोना देखिएपछि होम आइसोलेसनमा बस्नु भएको छ ।

एक हप्ता अघि कोरोना देखिएपछि प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा पनि आइसोलेसनमा बस्नुभएको छ । आज थपिएका संगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय ६२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर कपिल गौतमले जानाकारी दिनुभयो ।

जिल्लाका समुदाय स्तरमा बढि घुलमेल गर्नेहरुलाई कोरोना संक्रमण देखिएको छ । कोरोनाका कारण अर्घाखाँचीमा अहिलेसम्म ३ जनाको ज्यान गएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);