स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना संक्रमण

coronavirus test

श्याम गुप्ता
बारा, १४ जेठ । बारामा बुधबार एक जना स्वास्थ्यकर्मी सहित ८ जनामा कोभिड-१९ (कोरोना) भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको पचरौता नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुँनेहरुमा पचरौता नगरपालिकामा कार्यरत ४१ वर्षका पुरुष स्वास्थ्यकर्मी रहेका छन् । भने बाँकी पचरौता नगरपालिका वडा नम्बर १ का २२ र ३० वर्षिय पुरुष , वडा नम्बर २ का २९ , ३५ , र ३६ वर्षिय पुरुष , वडा नम्बर ५ का ४० वर्षिय पुरुष र वडा नम्बर ७ का ५० वर्षिय महिला रहेका छन् ।

संक्रमित भएका पचरौता नगरपालिका संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन् ।

गत जेठ ७ गते उनीहरु सहिँत ५८ जनाको स्वाब संकलन गरी परिक्षणका लागि काठमाण्डौंको टेकु स्थित केन्द्रीय प्रयोगशाला पठाईएको थियो र हाल उक्त क्वारेन्टाइनमा एक सय ३ जना रहेको पचरौता नगरपालिका मेयर रमेश कुमार यादवले जानकारी दिए ।

यो सँगै बारामा कोरना संक्रमितको संख्या ५५ पुगेको छ । जस मध्य एक जना संक्रमितको मृत्यू भएको छ । हाल सम्म जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, बिश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागढीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा नेपाली सेना (नेपाल आर्मी) २ जना र पचरौता नगरपालिकामा ११ जनामा संक्रमण भेटिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);