बाग्लुङमा ४ वर्षीय बालकसहित थप ३१ जनामा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाग्लुङमा ४ वर्षीय बालकसहित थप ३१ जनामा कोरोना पुष्टि

corona virous

सुवास आचार्य
बाग्लुङ, ११ असोज ।
बाग्लुङ जिल्लाका चार पालिकाका थप ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा गल्कोट नगरपालिकाका १४ जना, काठेखोला गाउँपालिकाका १० जना, जैमिनी नगरपालिकाका २ जना र बाग्लुङका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु मध्य बाग्लुङ नगरपालिकाका एक जना समुदायका हुन भने अन्य जापान, क्यानडा, दुबई, ओमन र भारतदेखि आई क्वारेन्टीनमा बसिरहेका रहेको जनाईएको छ ।

आज (आईतबार) बाग्लुङ जिल्लाको गल्कोट नगरपालिका–३ का ४ वर्षिय बालिक सहित, २० बर्षिय पुरुष, १९ वर्षिय पुरुष, ५९ वर्षिय पुरुष, ५१ वर्षिय पुरुष, ३९ वर्षिय पुरुष, ७७ वर्षिय पुरुष र ७७ बर्षिय महिला रहेका छन् भने वडा नम्बर १ का ४७ वर्षिय एक जनापुरुष, वडा नम्बर ४ का एक जना ६९ वर्षिय एक जना महिला, वडा नम्बर ५ का २१ र २२ बर्षिय दुई जनापुरुष र वडानम्बर ६ का ३५ र ५२ वर्षिय दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो ।

गल्कोटका संक्रमितहरु मध्य तीनजना जापान, दुई जना दुबई, एक जना क्यानडा, एक जना ओमनदेखि आउनुभएको हो भने अन्य भारतदेखि आइ क्वारेन्टीनमा बसिरहेको घिमिरेले जानकारी दिए ।

यस्तै काठेखोला गाउँपालिकामा भारतदेखि आइ क्वारेन्टीनमा बसेका वडानम्बर ४ का ५२, ४१, ५२, ५७, २८ र २२ बर्षिय छ जनापुरुष, वडानम्बर ३ का ४१ र ४१ बर्षिय दुई जनापुरुष, वडानम्बर ७ का ४५ बर्षिय एक जनापुरुष, वडानम्बर ८ का ४१ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टिभएको छ ।

यस्तै बागलुङ नगरपालिका–१० का ४३ बर्षिय एक जनापुरुष, वडानम्बर ६ का ५२ र ४० बर्षिय एक जनापुरुष, वडानम्बर २ का २२ बर्षिय एक जनापुरुष र वडानम्बर ३ का २८ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टिभएको छ ।

संक्रमितहरु मध्यबानपा–६ का ५२ बर्षिय पुरुष समुदायका रहेको र अन्यभारतदेखि आई क्वारेन्टीनमा बसेको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । समुदायका संक्रमित होम क्वारेन्टीनमा बसिरहेको प्रमुख खनालले बताउनुभयो ।

यस्तै जैमिनी नगरपालिका वडा नम्बर १ का ४० वर्षिय र वडा नम्बर ५ का २२ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरु पनि भारतदेखि आई क्वारेन्टीनमा बसेको हुन् ।

जैमिनी र काठेखोलागाउँपालिकाका संक्रमितहरुलाई धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा, बाग्लुङ नगरपालिकाकाबानपा–१ बाङ्गेचौरमा रहेको धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको आइसोलेसन कक्षमा र गल्कोट नगरपालिकाका संक्रमितहरुलाई गल्कोट नगरपालिकाको आइसोलेसन कक्षमा राखिने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);