कृषितर्फ युवाहरुको आकर्षण तर राज्यले नहेरेको गुनासो | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

कृषितर्फ युवाहरुको आकर्षण तर राज्यले नहेरेको गुनासो

दाङ, ११ असाेज । दाङमा बोयर जातका खसी बाख्राहरु पालनमा किसानहरुको आकर्षण बढ्दै गएको छ । स्थानीय जातका खसीबाख्रा भन्दा बोयरजातको धेरै तौलको हुने र त्यसबाट धेरै मुनाफा हुने भएकाले पनि बोयरजातका खसीबाख्रामा आकर्षण बढ्दै गएको हो ।

तुलसीपुर ३ डाँडाखुट्टीका मान बहादुर केसीले ४ बर्षदेखि बाख्रा पालन गर्दै आउनु भएको छ । १२ बर्ष सम्म ३ वटा खाडी मुलकमा बसेर फर्किनु भएका उहाँले १५ वटा स्थानीय बाख्रा र साउथ अफ्रिकन बोयर जातको ३ लाखको एउटा बोका किनेर सुरु गर्नुभएको छ ।

स्थानीय जातको माउ बाख्रा ७० वटा र ३ वटा बोयर जातका बोका गरी १ सय ४० वटा बाख्रा केसीले पाल्नभएको छ । करीब डेढ करोड लगानी भएको र त्यो मध्य करिब ६० लाख बैंकबाट ऋण लिनुभएको छ । केसीका ३ दाजुभाई हुनुहुन्छ । मान बहादुरले बाख्रा, अर्को भाईले गाई र अर्का भाईले कुखुरा व्यवसाय गर्दै आउनुभएको छ । गाई पालन व्यवसायबाट पनि मासिक करिब ३ लाखको दुध विक्री हुने र खर्च कटाएर करिब ७५ हजार आम्दानी हुने गरेको समेत उहाँले बताउनुभयो ।

नेपालमा दुध र मासुको माग बढदै गईरहेको उहाले बताउनुभयो । तर किसानका लागि उपलब्ध गराउने भनिएको अनुदान र कृषि ऋण सहि ठाँउमा पुग्न नसकेको उहाको गुनासो छ । सोही ठाउँका स्थानिय होतालाल कडेँलले पछिल्लो समय स्वदेश मै युवाहरुले केही गर्न खोजे पनि राज्यले ध्यान नदिएको बताउनुभयो ।

त्यसैगरी तुलसीपुरकी पुष्पा विष्टले पनि उन्नत जातको बाख्रा पालन गर्नको लागेको ३ बर्ष भयो । अहिले माउ बाख्रा, पाठापाठी बोका गरी करिब २२ वटा रहेको उहाँले बताउनुभयो । अझै अरु थप्ने योजना भएता पनि आर्थिक समस्याले गर्दा रोकीएको बताउनुभयो । अहिले भएका बाख्राबाट सबै खर्च कटाएर करिब ६० हजार जति बचत हुने उहाँले बताउनुभयो ।

यता तुलसीपुर उपमहानगरपालिका कृषकहरुलाई विउ विजनदेखी कृषी औजार सिंचाईमा अनुदान दिर्दैं आएको उपमहानगरपालिकाकी उपमेयर माया शर्माले बताउनुभयो । त्यसैगरी उपमहानगरले कोभिड विशेष कृषि कार्यक्रममा २१४ जना युवाहरुलाई विभिन्न कृषि क्षेत्रको लागी अनुदान दिएको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);