आधुनिक प्रविधिबाट बाख्रापालन व्यवसाय गर्दै कञ्चनपुरका किसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आधुनिक प्रविधिबाट बाख्रापालन व्यवसाय गर्दै कञ्चनपुरका किसान

पुष्कर भट्ट
कञ्चनपुर, साउन ८ । कञ्चनपुरमा बाख्रापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । लगानी बढाउँदै किसानहरूले आधुनिक प्रविधिबाट बाख्रापालन व्यवसाय थालेका हुन्।

कञ्चनपुरका गणेशबहादुर चन्दले साढे तीन करोडको लगानीमा अस्ट्रेलियन बोयर जातका बाख्रा ल्याएर आधुनिक प्रविधिबाट फार्मको सुरुवात गर्नु भएको छ । ‘चन्दाज गोट एण्ड एग्रिकल्चर फार्म’ मार्फत चन्दले दुई सय बाख्रा अटाउँन सक्ने अर्को खोर पनि निर्माण गर्ने तयारी गर्नुभएको छ ।

फार्मलाई बाख्रापालन तालिम केन्द्रको रुपमा स्थापना गर्ने र पाँच वर्ष भित्रमा सुदूरपश्चिमबाट बाख्रा विदेश निर्यात गर्ने थलोका रुपमा चिनाउने चन्दको लक्ष्य छ ।फार्ममा दुई जनाले रोजगारी पाएका छन् । गाउँघरमै रोजगारी पाउँदा जीविकोपार्जनमा निकै सहज भएको उनीहरू बताउँछन् ।

परम्परागत ढङ्गबाट नभई आधुनिक प्रविधिहरूको प्रयोग गर्दै पाठा उत्पादन गर्ने र सुदूरपश्चिम भरी सयवटा फार्म विस्तार गरेर किसानलाई बाख्रापालनमा जोड्ने गरी व्यवसाय सुरु गरेकोमा स्थानीय किसानहरू निकै हर्षित भएका छन् ।

विगतमा भारतबाट बोयर जातका बाख्रा नेपाल ल्याउनु परेकोमा अहिले स्थानीयस्तरमै सहज रुपमा उपलब्ध हुँदा बाख्रापालक किसान तीर्थराज भट्ट पनि खुसी हुनु भएको छ।

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालयले स्थानीयस्तरमै प्राविधिक हिसाबले मुलुककै ठूलो बाख्रा फार्म सञ्चालनमा आउँदा आगामी दिनमा बाख्रा पालक किसानलाई निकै फाइदा हुने केन्द्रका प्रमुख डा. पानसिंह ठगुन्नाले बताउनुभयो।

जिल्लामा धेरै फार्महरू सरकारी अनुदान पाउनकै लागि मात्रै पनि दर्ता हुने गरेका छन् । तर, कञ्चनपुरका किसानले भने आफ्नै लगानी र पहलमा फार्म सञ्चालन गरी राम्रो आम्दानी गरिरहेका छ्न् ।

सरकारी अनुदानको सही सदुपयोग नहुँदा लागत अनुसारको उपलब्धि देखिएको छैन । त्यसैले दीर्घकालीन सोचका साथ वास्तविक किसानको पहिचान गरी आर्थिक र प्राविधिक सहयोगका लागि संघीय सरकारले पनि ध्यान दिन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);