कृषि पेशाबाट करौडौं आम्दानी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कृषि पेशाबाट करौडौं आम्दानी !

krishi pesa

बाग्लुङ, २९ पुस ।  पछिल्लो समय विभिन्न कारणले गर्दा मानिसहरु कृषि पेशाबाट विस्थापित भइरहेका बेला बाग्लुङ र कास्कीका केही व्यक्ति भने पशुपालन तर्फ आकर्षित भएका छन । उनीहरु कृषि पेशाबाटै मनग्य आम्दानी गर्न सफल मात्र भएका छैनन, बिदेश जान खोज्नेका लागि पनि स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण समेत बनेका छन् ।

बागलुङको गल्कोट नगरपालिका–१ दुदिलाभाटीका एक दम्पतीले गाउँमै करोड लगानी गरेर बाख्रापालन गरेका छन् । दुदिलाभाटीका गमबहादुर कुँवर र निरु कुँवरले अहिले बाख्रापालनबाटै मनग्ये आम्दानी गरिरहेका छन् । २०७४ सालदेखि ५-६ वटा बाख्राबाट व्यवसाय शुरु गरेका उनीहरुसंग अहिले एक सयको हाराहारीमा बाख्रा रहेका छन् । ५ बर्ष बैदेशिक रोजगारीमा कोरिया गएका गमबहादुरले स्वदेश फर्किएपछि कोरियामा सिकेका सीपको प्रयोगले बाख्रापालन गर्दै आएका हुन् ।

बाख्रापालनबाट कुँवर दम्पतीले बार्षिक झण्डै १ करोडको हाराहारीमा आम्दानी गर्ने गरेका छन भने गाउँका ६ जनालाई रोजगारी समेत दिएका छन् । त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१६ अर्मलामा पनि १० जना कृषकले सामुहिक रुपमा व्यवसायिक गाईपालन गर्दै आएका छन् ।

५ वर्ष अगाडी ८ वटा होलस्टन जातका गाईबाट व्यवसाय शुरु गरेका उनीहरुसंग अहिले ७२ वटा गाई छन् । उनीहरुले दैनिक ३ सय लिटर दुधबाट दैनिक २४ हजार भन्दा बढी आम्दानी गर्दै आएका छन । तर पछिल्लो समय दाना र चोकरमा भएको मूल्य बृद्धिका कारण पशुपालनमा समस्या भएको कृषकहरुको गुनासो छ ।

सरकारी परियोजनामा रहेका अनुदान वास्तविक किसानसम्म पुग्न नसक्दा कृषिमा थप आकर्षण बढ्न नसकेको कृषकको भनाई छ । गण्डकी प्रदेश सरकारले भने आफुहरुले वास्तविक किसान सम्म पुगेर बढीभन्दा बढी अनुदानका कार्यक्रमहरु ल्याएको दावी गरेको छ ।

krisha farm

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);