बिर्तामोडमा ‘राष्ट्रिय भक्का दिवस’ मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

बिर्तामोडमा ‘राष्ट्रिय भक्का दिवस’ मनाइयो

झापा, २९ पुस । पूर्वी तराइमा बसोवास गरी रहेको आदिवासी समुदायले मंगलबार भक्का दिवस मनाएका छन् । भक्का विशेष गरी राजवंशी, गनगाई, ताजपुरिया, सहितका आदिवासी समुदायले जाडो मौसममा खाने गर्दछन् । तर, पछिल्लो समय भने भक्का सबैको रोजाइमा पर्न थालेको छ ।

पिठोलाई वाफमा पकाएर तयार पारिने भक्का आदिवासी समुदायको संस्कार र संस्कृति भन्दै भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मंगलबार झापा बिर्तामोडमा ‘राष्ट्रिय भक्का दिवस’ मनाइएको छ ।

जाडो मौसममा खाजाका लागि लोकप्रिय मानिने भक्काको विभिन्न परिकार बनाएर प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरलाई खुवाउँदै दिवसको उद्घाटन गरिएको थियो ।

अतिथि सहित कार्यक्रममा सहभागीले माछा, बैगुनको तरकारी र टमाटरको अचारसँग भक्काको स्वाद लिएका थिए । कार्यक्रममा राजवंशी समुदायका अगुवा सहित भारतको मेघालयका राजवंशी समुदायको समेत सहभागीता रहेको थियो ।

भक्कालाई मौलिक परिकारको रुपमा चिनाएर पर्यटकलाई बुझाउन सके दिवस सार्थक हुने पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरोज कट्टेल बताउनुहुन्छ ।

जंक फुडको जमानामा भक्का स्वास्थ्यका दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । आदिवासीहरुको मौलिक परिकार भक्का खानका लागि पर्यटकहरुले पनि धेरै रुचि राखेकाले यो दिवसले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);