झापाको जायोन स्पोर्टस् क्लबले अन्तर्राष्ट्रिय गोल्डकप आयोजना गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झापाको जायोन स्पोर्टस् क्लबले अन्तर्राष्ट्रिय गोल्डकप आयोजना गर्ने

झापा, २८ साउन । झापाको बिर्तामोडमा रहेको जायोन स्पोर्टस् क्लबले विदेशी टिम सम्मिलित अन्तर्राष्ट्रिय गोल्डकप आयोजना गर्ने भएको छ ।

आगामी असोज ११ गतेदेखि १८ गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ आयोजना हुन लागेको हो ।

मगंलबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जायोन स्पोर्टस् क्लबले प्रतियोगितामा दुई विदेशी टिम र चार वटा ए डिभिजन क्लबसहित आठ वटा टिमको सहभागी हुने जानकारी दिएको छ ।

प्रतियोगिताको विजेतालाई १२ लाख, उपविजेतालाई छ लाख २५ हजारसहित ट्रफी प्रदान गरिने जानकारी दिएको छ । गोल्डकप सम्पन्न गर्न कम्तिमा ८० लाख खर्च हुने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);