सुदूरपश्चिम खप्तड गोल्डकप आगामी फागुन ९ गतेदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सुदूरपश्चिम खप्तड गोल्डकप आगामी फागुन ९ गतेदेखि

कैलाली, १८ माघ । सुदूरपश्चिम खप्तड गोल्डकपको चाैंथो संस्करण आगामी फागुन ९ गतेदेखि आयोजना हुने भएको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

फागुन ९ देखि २० गतेसम्म हुने प्रतियोगिताका लागि तयारी समेत सुरु गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको क्लबका अध्यक्ष सुरेश हमालले बताउनु भयो ।

दुई विदेशी सहित १२ टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);