प्रिमियर लिगमा लिभरपुललाई २२ अंकको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रिमियर लिगमा लिभरपुललाई २२ अंकको अग्रता

liverpool vs southampton

एजेन्सी, १९ माघ । इंग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गरेको थियो । खेलको ४७ औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ६० औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ७२ औं मिनेटमा मोहमद सलाहले र ९० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–० को जित दिलाए । जितसँगै लिभरपुलले २५ खेलबाट ७३ अंक जोडेको छ ।  लिभरपुलले शीर्ष स्थानमा २२ अंकको अग्रता बनाएको छ ।

जितपछि लिभरपुलले घरेलु मैदानमा लगातार २० खेलको जितको कीर्तिमानसँग बराबरी गरेको छ । यस अघि म्यानचेस्टर सिटीले घरेलु मैदानमा लगातार २० खेल जित्ने कीर्तिमान बनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);