संकटाद्वारा हिमालयन शेर्पा १–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

संकटाद्वारा हिमालयन शेर्पा १–० ले पराजित

sankata club

काठमाडौं, १९ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविकको उपविजेता संकटा क्लबले साँघुरो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

संकटाको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । खेलको २१ औं मिनेटमा मार्टिन्सले गोल गरेका थिए । खेलमा मार्टिन्स नै म्यान अफ दि म्याच चुनिए ।

शेर्पालाई हराएसँगै संकटा लिगको छैटौं स्थानमा उक्लिएको छ । संकटाले १० खेलमा १५ अंक जोडेको छ । लिगमा १० खेलमा ७ अंक जोडेको शेर्पा पुछारबाट तेस्रो स्थानमा रहेको छ । हारसँगै शेर्पालाई रेलिगेसनको डर कायमै रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);