इग्लिस प्रिमियर लिग फुटबलमा लिगमा लिभरपुलको जित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

इग्लिस प्रिमियर लिग फुटबलमा लिगमा लिभरपुलको जित

english premier league

एजेन्सी, १४ पुस । इग्लिस प्रिमियर लिग फुटबलमा लिगमा लिभरपुलको जित, लिभरपुलसँग वुल्भ्स १–० गोल अन्तरले पराजित ।

आज बिहान भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो मानेले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायम राखेको छ । यस्तै लिभरपुलले १९ खेलमा ५५ अंक जोड्दै लिगमा १३ अंकको अग्रता बनाएको छ ।

लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दा अन्य सबै खेल जितेको छ । दोस्रो स्थानको लेष्टर सिटीको ४२ अंक रहेको छ । पराजित वुल्भ्स ३० अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);