'ए डिभिजन लिग'को चौथो चरणका खेल सोमबारदेखि, दर्शकको उपस्थिति न्युन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘ए डिभिजन लिग’को चौथो चरणका खेल सोमबारदेखि, दर्शकको उपस्थिति न्युन

A division league

अंक तालिकामा मनाङ र थ्री स्टारको अग्रता

काठमाडौं, १३ पुस । नेपाली फुटबलको मुख्य प्रतियोगिता मानिएको सहिद स्मारक ए डिभिजन लिग राजधानीमा जारी छ । सोमवारदेखि लिगको चौथो चरणका खेलहरु हुनेछन । तेस्रो चरणका खेलहरु सम्पन्न हुँदा अंक तालिकामा मनाङ मस्र्याङदी र थ्री स्टार क्लव अगाडी रहेका छन । तेस्रो चरणका खेल सम्पन्न हुदासम्म लिगले दर्शकहरु भने तान्न सकेको छैन । १४ क्लबले दशरथ रंगशाला र अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा खेलिरहदा दर्शक भने कम मात्रै खेल हेर्नका लागि पुग्ने गरेका छन ।

वि.सं २०७२ सालको भुकम्पले ध्वस्त बनाएको दसरथ रङ्गशालालाई १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि पुननिर्माण गरी तयार गरियो । सागमा नेपाली दर्शकहरुको उपस्थिति निकै बाक्लो रह्यो । दर्शकले उल्लेख्य सहभागिता जनाउँदै नेपाली यु–२३ टोलीलाई साथ दिए । सागको बेला दर्शकहरुको उल्लेख्य उपस्थिति देखियो तर नेपाली फुटवलको मुख्य प्रतियोगिता मानिने सहिद स्मारक ए डिभिजन लिगले भने दर्शकहरुलाई रङ्गशालासम्म तान्न सकेन ।

ए डिभिजन लिग खेल हुँदा दर्शकहरुको साथ शून्य प्राय छ । तर लिगमा भने तेस्रो चरणका खेल सम्पन्न भइसकेका छन् । साविकको च्याम्पियन मनाङले सम्पन्न तीन खेल मध्ये सबै खेलमा जित निकाल्दै ९ अंकका साथ शीर्ष कायम राखेको छ । थ्रीस्टार पनि अपराजित छ । २ खेलमा जित र एक खेलमा बराबरी खेलको थ्री स्टार ७ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

यता राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र पनि जारी लिगमा अर्को अपराजित टोली हो । दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको मच्छिन्द्र ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । समान ६ अंक भएको आर्मी गोल अन्तरका आधारमा तालिकाको चौथौ स्थानमा छ । आर्मीले भने दुई खेलमा जित र एक खेलमा पराजय भोगेको छ ।

तालिकाको पुछारमा रहेका टोली सरस्वती युथ क्लब र फ्रेन्ड्स क्लबले सम्पन्न सबै खेलमा नतिजा सुम्पिएका छन् भने अन्य टोलीले मिश्रित नतिजा हात पारेका छन् ।

जारी लिगमा च्यासल युथ क्लबका स्ट्राइकर सन्तोष साहुखला सर्वाधिक तीन गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् ।

अघिल्लो संस्करणमा नदेखिएको रौनकता खेलाडीमा देखिए पनि दर्शकको नजरमा अझै परेको छैन । एन्फाले दर्शकलाई आकर्षित गर्न विदेश भ्रमण देखि राष्ट्रिय टोलीसँग डिनरको अफर ल्याएको छ । तर पनि दर्शकको उपस्थिति न्युन छ । चौथो चरणका सबै खेल ललितपुरको सातदोवाटो स्थित एन्फा कमप्लेक्समा हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);