'ए' डिभिजन लिगका खेल स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘ए’ डिभिजन लिगका खेल स्थगित

A division league

काठमाडौं, १८ पुस । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत शनिबार र आइतबारका लागि तय भएका खेलहरु स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले खराब मौसमको कारण देखाउदै शनिबार र आइतबारको खेलहरु स्थगित गरिएको जनाएको हो ।

लिगको पाँचौं चरण अन्तर्गत शनिबार साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब तथा एनआरटी र जावलाखेलबीच खेल हुने तय थियो । यस्तै आइतबार हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच खेल हुने तय भएको थियो ।

लिगका बिहिबारसम्म चौथो चरणका खेलहरु सम्पन्न भएका छन् । दशरथ रंगशालामा भ्रमण वर्ष २०२० को उद्घाटन गरिएकाले लिगको चौथो चरणका खेलहरु ललितपुरको सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा आयोजना गरिएको थियो ।

पाँचौं र छैटौं चरणको खेलहरु भने दशरथ रंगशालामै आयोजना हुने छन । चौथो चरणको खेलसकिँदा शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङदी र दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबले मात्रै अपराजित यात्रा कायमै राखेका छन् ।

शनिवारदेखि पाँचौ चरणका खेल हुने तय गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);