‘ए’ डिभिजन लिगको आठौं चरण सकिदा आर्मी शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

‘ए’ डिभिजन लिगको आठौं चरण सकिदा आर्मी शीर्ष स्थानमा

A division league

काठमाडौं, १२ माघ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारदेखि नवौं चरणको खेल शुरु हुँदै छन् । शनिबार आठौं चरणका खेल सकिदा त्रिभुवन आर्मी क्लव १७ अंकसहित शीर्ष स्थानमा रहेको छ भने दोस्रो र तेस्रो स्थानमा १६ अंकसहित मछिन्द्र र मनाङ मस्र्याङदी क्लव रहेका छन् ।

नवौं चरणका खेलहरु मध्ये ४ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र तीन खेल ललितपुरको सातदोवाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा सञ्चालन हुनेछन । नवौं चरणको पहिलो खेलमा सोमबार विभागीय डर्वी हुने छ । जसमा पहिलो खेल सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लवबीच हुनेछ ।

यस्तै सोमबार नै हुने दोस्रो खेलमा  मछिन्द्र र थ्रीस्टार क्लव भिड्ने छन् । मंगलबारका दुवै खेल एन्फा मैदानमा हुने छन । बुधबार एउटा मात्रै खेल हुने छ । बिहीबार नवौं चरणका अन्तिम दुई खेल भने रंगशालामा हुने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);