बास्केटबल लिजेण्ड कोबी ब्रायन्टको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बास्केटबल लिजेण्ड कोबी ब्रायन्टको मृत्यु

kobe bryant

एजेन्सी, १३ माघ । अमेरिकाको क्यालिफोनिर्या्स्थित क्यालाबास शहरमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित ९ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार क्यालाबास शहरमा नजिकै रहेको एक मैदानमा हेलिकोप्टर खसेको थियो ।

एक प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाअघि हेलिकोप्टरको इन्जिनमा अनौठो आवाज आएको थियो । दुर्घटनामा मृत्यु हुनेमध्ये अमेरिकी बास्केटबल खेलाडी कोबी ब्रायन्ट र उनकी छोरी जियाना समेत रहेका छन् ।

पाँच पटक च्याम्पियन रहेका ब्रायन्ट अमेरिकी बास्केटबलका महत्वपूर्ण खेलाडी मानिन्छन् । उनले सन् २०१६ मा एनबीए इतिहासमा तेस्रो अग्रणी स्कोरसमेत गरेका थिए । ब्रायन्टका श्रीमती र अन्य तीन छोरी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);