म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा

city vs fulham

एजेन्सी, १३ माघ । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा १० खेलाडीमा सिमित फुलहमलाई ४–० गोल अन्तरले पराजित गर्दै सिटी पाँचौं चरणमा पुगेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे । यस्तै इल्के गुण्डोगान र बेर्नार्डो सिल्भाले एक-एक गोल गरे । खेलको छैटौं मिनेटमा टिम रिआमले रातो कार्ड पाएपछि फुलहम सुरुवातमै १० खेलाडीमा समेटिएको थियो ।

सिटीका जिससलाई डिबक्सभित्र फउल गरेपछि रिआमले रातो कार्ड पाएका थिए । जसमा पाएको पेनाल्टीमा गुण्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

१९ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता २–० को बनाए । यस्तै खेलको ७२ औं मिनेटमा जिससले गोल गर्दा सिटीको अग्रता तेब्बर बन्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४–० ले विजयी भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);