स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित

city

एजेन्सी, २८ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले ५–० को फराकिलो गोल अन्तरमा ब्राइटनलाई पराजित गर्दै सहज जित सनकालेको हो ।

सिटीको एकतर्फी जितमा स्टर्लिङले ह्याट्रिक पुरा गरे । खेलको २१ औं मिनेटमा स्टर्लिङले सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै जिससले ४४ औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाए ।

स्टर्लिङले ५३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए । त्यसको तीन मिनेटपछि बर्नार्डो सिल्भाले सिटीलाई ४–० को स्थितीमा पुर्याएका थिए । स्टर्लिङले ८१ औं मिनेटमा ह्याट्रिक पुरा गरे ।

जितसंगै सिटीले यस सिजन दोस्रो स्थानमा रहदै प्रिमियर लिगको सिजन सक्ने निश्चित गर्यो । लिगमा तीन चरणको खेल बाँकी रहदाँ सिटीले तेस्रो स्थानको चेल्सीसंग १२ अंकको अग्रता कायम गरेको छ । ब्राइटन ३६ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);