भिडालको गोलमा बार्सिलोनाको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भिडालको गोलमा बार्सिलोनाको जित

messi and vidal

एजेन्सी, २८ असार । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले साँघुरो जित निकालेको हो ।

बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा भिडालले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ८० अंक रहेको छ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);