ला लिगामा आज बार्सिलोना र रियल भालाडोलिड भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

ला लिगामा आज बार्सिलोना र रियल भालाडोलिड भिड्दै

एजेन्सी, २७ असार । स्पेनिस ला लिगा फुटबलमा आज उपाधि दाबेदार बार्सिलोनाले रियल भालाडोलिडसँग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाले भालाडोलिडको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल राति पौने १२ सुरु हुनेछ ।

तुलनात्मक कमजोर टिम भालाडोलिडविरुद्ध बार्सिलोना जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । उपाधि होड कायम राख्नलाई बार्सिलोनालाई जित अत्यावश्यक रहेको छ । भालाडोलिडसँग पराजित भएमा बार्सिलोनाको उपाधि होड कमजोर बन्नेछ ।

बार्सिलोना लिग लिडर रियल मड्रिड भन्दा ४ अंकले पछि रहेको छ । भालाडोलिडलाई हराएमा बार्सिलोनाले रियलसँगको अंक दुरी समेत १ मा झार्नेछ । बार्सिलोनाले ३५ खेलमा ७६ अंक जोडेको छ । रियलको ८० अंक रहेको छ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत नै आज एट्लेटिको म्याड्रिड र रियल बेटिस तथा ओसासुना र सेल्टा भिगोबीच खेल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);