आज रियल मड्रिड र सेभिया भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज रियल मड्रिड र सेभिया भिड्दै

एजेन्सी,२० मंसिर । स्पेनिस ला लिगा फुटबलमा आज राती साविक विजेता रियल मड्रिडले सेभियासँग प्रतिस्पर्धा गर्दैछ । रियलले सेभियासँग उसैको मैदानमा खेल्न लागेको हो ।

रियल र सेभियाबीचको खेल नेपाली समय अनुसार राति ९ बजे सुरु हुनेछ ।सेभियाको मैदानमा रियल जित निकाल्दै शीर्ष तीनमा उक्लने लक्ष्यमा रहेको छ । रियल १७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।सेभिया १६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।घरेलु मैदानमा सेभिया जित निकाल्दै चौंथो स्थानमा उक्लने दाउमा छ ।

यस्तै ला लिगा अन्र्तगतनै बार्सिलोनाले काडिजसँग उसैको मैदानमा खेल्नेछ ।बार्सिलोना र काडिजबीचको खेल राति पौने २ बजे सुरु हुनेछ ।बार्सिलोना काडिजलाई हराएर शीर्ष पाँचमा उक्लने योजनामा रहेको छ । बार्सिलोना १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।काडिज १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);