वाईएफसीकाे विजयी शुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वाईएफसीकाे विजयी शुरुवात

झापा,२० मंसिर। झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविरको खेल मैदानमा जारी इन्टर सेक्टर नक आउट फुट्बल प्रतियोगितामा वाईएफसी पथरीले विजयी शुरुवात गरेको छ । उसले बेलडाँगी शिविरको सेक्टर बी को टिम ए माथी तीन शुन्यको जित निकालेको हो ।

विजयी टिमका लागि म्यान अफ दि म्याच सुवास राईले २ तथा सुरेश राईले एक गोल गरे । सुवासले पहिलो हाफको ९ र १३ औं मिनेटमा गोल गरेको थिए भने सुरेशले दोश्रो होफको इन्जुरी समयमा गोल गरेका थिए । जितसँगै पथरी प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेको छ । उसले अब अन्तिम चार प्रवेशका लागि सेक्टर सी को टिम ए सँग प्रतिस्पर्धा गर्ने छ ।

त्यस्तै आजै भएको अर्को खेलमा सेक्टर बी को टिम बी ले सेक्टर सी को टिम बी लाई तीन एकले पराजित गर्दै सेक्टर ए को टिम बी सँगको भेट पक्का गरेको छ । विजयी टिमका लागि लाल बहादुर गुरुङ्ग, अनमोल राई र सुकराज तामाङ्गले गोल गरे । पराजित टिमका तर्फबाट शान्त राज राईले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच सुकराज तामाङ्ग घोषित भए ।

उनलाई शसस्त्र प्रहरीबल बेलडाँगी बेस क्याम्पका प्रमुख सियाराम चौधरीले म्यान अफ दि म्याचको पुरस्कार प्रदान गर्नु भएको थियो । भोलि सेक्टर डि को टिम ए र सेक्टर सी को टिम सी तथा सिवाईसी पथरी र सेक्टर ए को टिम ए बीच प्रतिस्पर्धा हुने टिकाराम कालिकोटेले जानकारी दिनुभयो ।

खेल दिउँसो एक बजेबाट शुरुहुने छ । प्रतियोगिताको आयोजना भुट्निज युथ क्लब बेलडाँगीले गरेको हो । प्रतियोगिताको विजयी टिमले नगर २० हजार र उपविजेता टिमले १५ हजार प्राप्त गर्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);