अफ्रिका कप अफ नेशनमा इजिप्टको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अफ्रिका कप अफ नेशनमा इजिप्टको विजयी सुरुवात

africa cup of nations

एजेन्सी, ७ असार । अफ्रिका कप अफ नेशन फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक इजिप्टले जिम्बाबेलाई पराजित गरेको छ । समूह ए मा रहेको इजिप्टले जिम्बाबेमाथि १–० को जित निकालेको हो ।

मोहम्मद सालहसहितको आयोजक टिम इजिप्टको जितमा ४१ औँ मिनेटमा महमुद ट्रेजेगेटले गरेको गोल नै निर्णायक बन्यो । कायरोमा भएको खेलमा दोस्रो हाफमा सालहले गोल गर्ने राम्रो मौका बनाएका थिए, तर जिम्बाबेका गोलरक्षक एडमोरे सिबान्डाले बचाउ गरे ।

अफ्रिका कप अफ नेशनको इतिहासमा यसपटकको प्रतिस्पर्धा टिमको सहभागिताका हिसाबले सबैभन्दा ठूलो हो । यसपटक प्रतियोगितामा २४ टिमको सहभागिता छ । यस्तै युरोपको समर टाइममा खेलिएको यो पहिलो अफ्रिका कप अफ नेशन हो । सहभागी २४ टिम ६ टिममा छन् ।

समूह ए मा इजिप्ट र जिम्बाबेसँगै प्रजातान्त्रिक गणतन्त्र कंगो र युगाण्डा छन् । यस्तै समूह बी मा बुरुन्डी, गिनी, माडागास्कर र नाइजेरिया, समूह सी मा अल्जेरिया, केन्या, सेनेगल र तान्जिनिया, समूह डी मा आइभरी कोस्ट, मोरक्को, नामिबिया र दक्षिण अफ्रिका, समूह ई मा अंगोला, माली, माउरिटानिया र ट्युनिसिया तथा समूह एफ मा बेनिन, क्यामरुन, घाना र गिनी बिसाउ रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);