विश्वकप क्रिकेट : आयोजक इंग्ल्याण्ड श्रीलंकासँग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वकप क्रिकेट : आयोजक इंग्ल्याण्ड श्रीलंकासँग पराजित

srilanka vs england

एजेन्सी, ७ असार ।  विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा आयोजक राष्ट्र इंग्ल्याण्ड श्रीलंकासँग पराजित भएको छ । लिड्समा भएको खेलमा श्रीलंकाले इंग्ल्याण्डलाई २० रनले पराजित गरेको हो ।

२३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४७ ओभरमा २१२ रन बनाउँदा अल आउट भयो । उसका लागि बेन स्टोक्सले ८२, जोए रुटले ५७ तथा कप्तान इयान मोर्गनले २१ रन बनाए पनि हार टार्न सकेनन् । श्रीलंकाका लासिथ मालिंगाले चार, धनन्जय डी सिल्भाले तीन तथा इसुरु उडानाले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धा्रित ५० ओभरमा नौ विकेट गुमाउँदै २३२ रन जोड्यो । उसका लागि एन्जेलो म्याथ्युजले सर्वा्धिक ८५ रन बनाए । यस्तै अभिषेक फर्नान्डोले ४९, कुशल मेन्डिजले ४६ र धनन्जय डी सिल्भाले २९ रन जोडे ।

अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क उडले समान तीन विकेट लिए । अदिल रशिदले दुई र क्रिस वोक्सले एक विकेट हात पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);