दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेटमा श्रीलंकाकाे जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेटमा श्रीलंकाकाे जित

एजेन्सी । घरेलु टिम श्रीलंकाले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

कोलम्बोमा मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा ७८ रनको जित निकाल्दै श्रीलंकाले सिरिज २–१ ले आफ्नो बनाएको हो । श्रीलंकाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका ३० ओभरमा अलआउट हुँदै १ सय २५ रनमा समेटियो ।

दक्षिण अफ्रीकाका हेन्रिच क्लासेनले सर्वाधिक २२ रन जोड्दा जर्ज लिन्डे र जान्नेमन मालनले १८/१८ रन जोडे । श्रीलंकाका महेस थिक्सनाले ४ तथा वाविन्दु हसरंगा र दुश्मन्था चामिराले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो ।

जसमा चारिथ असालंकाले ४७ रन जोड्दा धनन्जय डी सिल्भाले ३१ रन जोडे भने दुश्मन्था चामिराले २९ रन बनाए । दक्षिण अफ्रीकाका केशव महाराजले ३ तथा जर्ज लिन्डे र ट्राबेज शाम्सीले २/२ विकेट लिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);