एसिया कप टि ट्वान्टी क्रिकेटको उपाधि आयोजक श्रीलंकाको हातमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

एसिया कप टि ट्वान्टी क्रिकेटको उपाधि आयोजक श्रीलंकाको हातमा

काठमार्डौ । आयोजक श्रीलंकाले एसिया कप टि ट्वान्टी क्रिकेटको उपाधि जितेको । संयुक्त अरब इमिरेट्सको दुबईमा भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्य पच्छ्याएको पाकिस्तान २० ओभरमा १ सय ४७ रनमा सिमित रहेपछि श्रीलंकाले उपाधि जितेको हो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ५५ , इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ र चामिका करुनारत्नेले २ विकेट लिए ।

यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । श्रीलंकाका भानुका राजपाक्षेले अविजित ७१ , वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए । पाकिस्तानका हरिस राउफले ३ विकेट लिए ।

यससँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ । श्रीलंकाले आठ वर्षपछि उपाधि जितेको हो ।

यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो । पाकिस्तान भने तेस्रो पटक उपाधि जित्न असफल भएको छ ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);