प्रधानमन्त्री कप टि–२० क्रिकेटमा प्रदेश १ को पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

प्रधानमन्त्री कप टि–२० क्रिकेटमा प्रदेश १ को पहिलो जित

pm cup-pro 1 vs pro 2

कञ्चनपुर, ६ असार । कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले पहिलो जित दर्ता गरेको छ । शुक्रबार भएको पहिलो खेलमा प्रदेश नम्वर १ ले प्रदेश नम्बर २ लाई आठ विकेटले हराउँदै जित निकालेको हो ।

टस जितेर व्याटिङ रोजेको प्रदेश–२ ले पुरै २० ओभर खेलेर नौ विकेटको क्षतिमा ७१ रन बनाएको थियो । उसका लागि शान्ती चौधरीले १४, सोभा आले र सरस्वती चौधरीले समान १३-१३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोर अंक जोड्न सकेनन् ।

त्यस्तै जवाफी ब्याटिङ गरेको प्रदेश नम्बर १ ले १४ दशमलव २ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसका लागि काजल श्रेष्ठले १९, रुविना क्षेत्रीले अविजित २६, गोमा थापाले २५ रनको योगदान गरिन ।

प्रदेश नम्बर २ लाई सस्तैमा समेट्ने क्रममा रुबिना क्षेत्रीले १६ रन खर्चे्र चार विकेट लिईन् । उक्त खेलको म्यान अफ द म्याच प्रदेश नम्बर १ की रुबिना क्षेत्री भईन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);