महिला खेलाडीलाई गर्भवती र सुत्केरी समयमा क्लबले हेरचाह गर्नुपर्ने व्यवस्था पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

महिला खेलाडीलाई गर्भवती र सुत्केरी समयमा क्लबले हेरचाह गर्नुपर्ने व्यवस्था पारित

एजेन्सी, २० मंसिर । विश्व फुटबल महासंघ फिफाको काउन्सिल बैठकले महिला खेलाडीको गर्भवती र सुत्केरी समयमा क्लबले हेरचाह गर्नुपर्ने व्यवस्थालाई पारित गरेको छ । शुक्रबार बसेको काउन्सिल बैठकले अन्तर्राष्ट्रिय श्रम सन्धी ऐनअनुसार यस्तो निर्णय गरेको हो ।

यो व्यवस्था नोभेम्बरमा फिफा फुटबलको बैठकमा प्रस्ताव गरिएको थियो । नयाँ व्यवस्थाअनुसार महिला खेलाडीलाई गर्भ रहेदेखि नै क्लबले विशेष हेरचाह गर्नुपर्नेछ । उनीहरुलाई जोखिम हुने काममा लगाउन पाइने छैन बरु समय समयमा चिकित्सकीय सल्लाह र पोषणको व्यवस्था गर्नुपर्नेछ ।

खेलाडीले कम्तिमा १४ साताको बिदा पाउने र त्योमध्ये ८ साता सुत्केरी भएपछिको समयलाई गणना गर्नुपर्ने उल्लेख छ ।

साथै क्लबले सम्झौताअनुसारको सुविधाको कम्तिमा २ तिहाइ भुक्तानसमेत गर्नुपर्ने हुन्छ । सम्झौता अवधि बाँकी रहेको अवस्थामा महिला खेलाडी सुत्केरीपछि क्लबमा फर्कन पाउनेछन् र उनीहरुको करिअर र क्षमतामा क्लबले नजरअन्दाज गर्न पाउने छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);