कर्णालीमा गर्भवती तथा सुत्केरी महिलाका लागि संचालित हवाई उद्धार प्रभावकारी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

कर्णालीमा गर्भवती तथा सुत्केरी महिलाका लागि संचालित हवाई उद्धार प्रभावकारी

सुर्खेत, १७ माघ । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि संचालित हवाई उद्धार र उपचार कार्यक्रम प्रभावकारी देखिएको छ । कर्णाली प्रदेश अन्तरगतको सामाजिक विकास मन्त्रालयबाट संचालित कार्यक्रमबाट भने दुर्गमका महिलाहरुले राहत पाएका छन् ।

कर्णालीमा उक्त कार्यक्रम एक वर्षदेखि कार्यान्वयनमा छ । सरकारले गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने कार्यक्रम शुरु भएपछि कर्णालीका ७० महिलाको ज्यान जोगिएको हो ।

दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने कार्यक्रम कार्यान्वयनमा छ । गएको वर्षदेखि कार्यान्वयनमा आएको कार्यक्रमबाट ७० जना महिलाको उद्धार भएको सरकारी तथ्यांक छ ।

कार्यक्रम कार्यान्वयनमा आएपछि हवाई उद्धारबाट सुगममा उपचार गरिंदै आएको छ । स्वास्थ्य सेवाबाट वञ्चित दुर्गमका महिलाको ज्यान मात्र जोगिएको छैन यसले राज्यले नागरिकको जीवन रक्षाका लागि निर्वाह गर्नुपर्ने भूमिका पनि प्रभावकारी बनाएकोे प्रष्ट हुन्छ । सेवाबाट विपन्नहरुले ठूलो राहत मिलेको प्रतिक्रृया दिएका छन्।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र राष्ट्रपति सुत्केरी उद्धार कोषको तथ्यांक अनुसार कार्यक्रमबाट महिलाको ज्यान जोगिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमले गम्भीर स्वास्थ्य अवस्था पुगेका सुत्केरी महिलाको हवाई उद्दार गरी उपचार गर्दै आएको छ ।

उद्धारबाट आमा र शिशुका लागि सहयोग हुँदै आएको छ । कार्यक्रम कार्यान्वयनमा आएपछि सुत्केरी हुनुअघि, सुत्केरी हुने बेला र सुत्केरी भइसकेपछि हुने आमाको मृत्यु दरमा कमी आएको छ । जटिल स्वास्थ्य समस्याले गर्दा अकालमै ज्यान गुमाउने अवस्थामा पुगेका विकटमा गर्भवती र सुत्केरी महिलालाई तुरुन्तै उद्दार हुने गरेको छ ।

विकट कर्णालीमा कार्यान्वयनमा रहेको कार्यक्रमले सकारात्मक सन्देश दिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवति र सुत्केरी महिलाका लागि एक सारथी बनेका छ ।

कार्यक्रबाट लामो सुत्केरीव्यथा लागेका, बच्चा जन्मिन कठिनाई भएका, हातखुट्टा शरिर सुन्निएका गर्भवती तथा गर्भमै बच्चाको मृत्यु भएका महिलाको उद्दार भएको छ ।

यस्तै अधिक रक्तश्राव भएका रक्तअल्पता, सालनाल पहिला निस्केका, पाठेघर फुटेका गर्भवती र सुत्केरीलाई पनि तत्काल हवाईसेवा मार्फत उपचार गरी बचाउन सफल भएको छ ।

सरकारी कार्यक्रमले केही प्रभाव देखाएपनि यसको निरन्तरता र थप बिस्तारमा अझै सेवा बिस्तार हुन सकेमा विकटलाई ठूलो राहात अझै हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);