तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं। सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार  गरेको छ। राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार भएको हो।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ८७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । २०७७/७८ मा १०३ जना र आव  २०७८/७९ को जेठ मसान्तसम्म १६० जनाको उद्धार गरेको हो।

आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसकेको छ।  बुधबार आयोगले वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ।

Leave a Reply

ताजा समाचार