भक्तपुरको सुवर्णेश्वर मन्दिर परिसरमा १०८ शिवलिंग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भक्तपुरको सुवर्णेश्वर मन्दिर परिसरमा १०८ शिवलिंग

भक्तपुर। भक्तपुरको सुवर्णेश्वर मन्दिर परिसरमा १०८ शिवलिंग र सप्तऋषि स्थापना गरिएको छ। सूर्यविनायक नगरपालिका-५ कटुञ्जेस्थित मन्दिरमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले  बुधबार यसको उद्घाटन गरे।

स्थानीय सूर्यविनायक नगरपालिका-५ कटुञ्जे निवासी मोडर्न स्कुल र कलेज दधिकोट र सृजनानगर भक्तपुरका संस्थापक बाबुकाजी कसपालले आफ्ना  स्वर्गीय पूर्वज जिजुबुबा काजीमान कसपाल, स्वर्गीय हजुरबुबा रामलाल कसपाल, स्वर्गीय बुबा रत्नलाल कसपाल, स्वर्गीय मुमा च्यान्टीमाया कसपाल र दिवंगत भएका आफ्ना ज्ञातअज्ञात सम्पूर्ण पितृजनहरूको सम्झनामा शिवलिंग स्थापना गरिदिएका हुन् ।

१०८ शिवलिंग, सप्तऋषिसहित यसको परिसर कार्यमा लाग्ने सम्पूर्ण आर्थिक व्ययभार बाबुकाजी कसपालले नै योगदान गरेको स्वर्गद्वारी सन्यास आश्रम सुवर्णेश्वर कटुञ्जेका अध्यक्ष मुकुन्दप्रसाद लुइँटेलले बताए । यसअघि १०८ शिवलिंग स्थापना गरी पूजन गर्ने कार्यका लागि २० मंसिरमा पूर्वाङ्ग यज्ञादी र बुधबार शिवलिंग प्राणप्रतिष्ठा रूद्री पूजन, लाखबत्ती प्रज्वलन गरी यसको उद्घाटन गरिएको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);