४४ जनाले पाए निःशुल्क स्वास्थय परीक्षण सेवा  | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

४४ जनाले पाए निःशुल्क स्वास्थय परीक्षण सेवा 

भक्तपुर। भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिएको छ ।

क्लिनिक वान भक्तपुर र सूर्यविनायक युथ क्लबको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
मन्दिरमा प्रत्येक मंगलबार भक्तजनहरुको भीड लाग्छ । यही अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको हो । प्रत्येक मंगलबारको विहान भक्तजनहरुको चाप बढी हुने भएकाले प्रत्येक मंगलबार शिविर राख्ने योजना अनुसार शिविर भएको हो । यसरी भएको यो दोश्रो शिविर हो ।
शिविर मंगलबार विहान ७ बजेदेखि १० बजेसम्म दुई घण्टा भएको थियो । क्लिनिक वान भक्तपुरका प्रबन्ध निर्देशक संतोष पौडेलले विभिन्न उमेर समूहका ४४ जना स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएको जानकारी गराए ।
गलत खानपान, नियमित शारीरिक व्यायामको कमी तथा तनाब जस्ता कारणहरुले उच्च रक्तचाप तथा मधुमेहका बिरामी दिनानुदिन बढ्दै गरेको विभिन्न सर्बेक्षणहरुले देखाउने गरेको छ । समयमै रोग पत्ता लगाई उपचार गरेको खण्डमा घातक शारीरिक समस्याहरु तथा जटिल रोगको शिकार हुन नपर्ने सम्बन्धित चिकित्सकहरु बताउँछन् । कम खर्चमा व्यवहारिक तथा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले रामदेवी कम्प्लेक्स्, गपली सूर्यविनायकमा सञ्चालित क्लिनिक वान भक्तपुरले यस प्रकारका सेवाहरु भक्तपुरका अन्य स्थानहरुमा पनि विस्तार गर्दै लाने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);