काठमाडौंमा सेनाकाे निःशुल्क स्वास्थ्य शिविर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौंमा सेनाकाे निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १७ भदौ । नेपाली सेनाले काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । नेपाली सेनाको श्री जगदल गणले स्थानीय सहीद गंगालाल प्रगति क्लवसँग सहकार्य गरेर मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित शोभाभगवती मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

सो स्वास्थ्य शिविरमा जेनेरल ओपीडी, रगत तथा सुगर परीक्षण र आँखा तथा दाँतको परीक्षण गरिएको थियो । सो स्वास्थ्य परीक्षणबाट ३ सय जनाभन्दा बढि सर्वसाधारण लाभान्वित भएको नेपाली सेनाले जनाएको छ ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेपाली सेनाका सहायक रथी प्रयोग जबराले नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउन निःशुल्क स्वास्थ्य शिविर संचालनको कामलाई निरन्तरता दिइएको स्पष्ट पार्नु भयो ।

उहाँले सो सेवाबाट स्थानीय दर्शनार्थीहरु बढि लाभान्वित हुने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले सो गणले काठमाडौंको थानकोट, मातातीर्थ, कीर्तिपुर, भीमढुंगामा पनि वातावरणीय संरक्षणका लागि वृक्षारोपणलगायतका काम गरिएको पनि स्मरण गराउनु भयो । सो गणले सोही मन्दिर परिसरमा स्थानीयको सहयोगमा स्वास्थ्य चौकीको पनि स्थापना गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);