काठ बिक्रीबाट १ करोड भन्दा बढीको आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठ बिक्रीबाट १ करोड भन्दा बढीको आम्दानी

kath bikri parsa

महेस दास
पर्सा, १७ भदौ । अतिक्रमणको चपेटमा परेको पर्साको सबैया साझेदारी वनमा व्यवस्थापनको कडाइ पश्चात आर्थिक लाभ गर्न थालेको छ । गएको आर्थिक वर्षमा साझेदारी वनको काठ बिक्रीबाट वन व्यवस्थापन समुहले १ करोड बढी आम्दानी गरेको हो ।
०००
पर्साको सवैया साझेदारी वन व्यवस्थापन समुहले वनमा भएका अतिक्रमणलाई नियन्त्रण गरी वनबाट आन्दानी गर्न थालेको छ । व्यवस्थापन पक्षको सक्रियतासंगै वन अतिक्रमण न्यूनीकरण हुँदै गएको छ । वन व्यवस्थापनबाट एक वर्षको अवधिमा काठ दाउरा बिक्री गरेर १ करोड ४० लाख ९७ हजार २ सय ६५ रुपैयाँ आम्दानी गरेको छ ।

हाल सवैया साझेदारी वन व्यवस्थापन समूहमा कुल ९ हजार दुई सय ३४ क्वीफिट गोलिया मौज्दात रहेको छ । जसमध्ये ७ हजार सालको काठ रहेका छन् भने अन्य विभिन्न जातिका काठ मौज्दात छन् । गत आर्थिक वर्षमा पनि जनताको सुविधाको लागि १४ हजार मध्ये १३ हजार क्यूफिट काठ वितरण गरिएको थियो ।

दैविक प्रकोपमा परी क्षति भएका ५६ घर परिवार र घरकाजको लागि ४ सय ३७ परिवारलाई अनुगमन गरी आवश्यकता अनुसारको कुल १३ हजार क्यूफिट काठ उपलब्ध गराई सकेको बताउँछन् सवैया साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष लखन साह ।

सवैया साझोदारी वन कुल ३ हजार १ सय ८८ दशमलव ५९ हेक्टरमा फैलिएको छ । स्थानीयले कुल वन क्षेत्रमध्ये २२ हेक्टर जग्गा अतिक्रमण गरी अवैध रुपमा खेतीपाती गर्दै आएका छन् । यस्तै सालका माउ रुखहरुको संरक्षण पनि प्राथमिकतामा रहेको छ । २०७२ यता स्थानीयकै सहयोग लिएर समूहले अतिक्रमणमा परेको २२ हेक्टरमध्ये १२ हेक्टर वन क्षेत्र खाली गराइ नयाँ विरुवा रोपेर तारबार पनि गरिएको छ ।

३१ सय ८८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वन क्षेत्र संरक्षणका लागि भेडाहा खोलालगायत वनभित्रका विभिन्न नदी तथा खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन् र संरक्षण मूख्य चुनौती रहेको डिभिजन वन कार्यालय पर्साका योजना शाखाका रेन्जर रियाज अमहमद अन्सारीले बताउनु भयो ।

वन कार्यालयले वन समूहलाइ हुने आम्दानीको ५० प्रतिशत रकम वनकै व्यवस्थापन र संरक्षणमा खर्च गर्दै आएको छ । त्यसैगरी १० प्रतिशत रकम प्रशासनिक काममा र बाँकी ४० प्रतिशत रकम वन क्षेत्रसँग जोडिएका गाउँको विकास निर्माणमा खर्च गर्ने गरेको छ । काठ दाउरा बिक्रीबाट आएको रकमबाट समूहले एम्बुलेन्स खरिद गरेर स्थानीयलाई सेवा उपलब्ध गराउँदै आएको छ ।

२०७२ अघि उक्त वनको २२ हेक्टर अतिक्रमण गरी स्थानीयले बाली लगाउनुका साथै अस्थायी घर टहरा पनि बनाएका थिए । खडेरीका बेला लाग्ने डढेलो, अवैध कटान र काठको चोरी तस्करीका कारण वन मासिँदै गएको थियो । वन समूहको १० बर्षे कार्ययोजना कार्यन्वयन गरेपछि अब उजाड वन हराभरा देखिन थालेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);