४० हजार घुस रकमसहित कम्प्युटर अपरेटर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

४० हजार घुस रकमसहित कम्प्युटर अपरेटर पक्राउ

ghus computer operator

बारा, १७ भदौ । अख्तियारको टोलीले अन्तरिक राजश्व कार्यालय सिमरा बाराका कम्प्युटर अपरेटरलाई ४० हजार नगद सहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट आएको टोलीले कम्प्युटर अपरेटर सुदिप लामालाई नगद सहित सोमवार बेलुकी पक्राउ गरेको हो ।

लामो समय देखि कर नतिरेको प्यान नम्बर बन्द गर्न रकममा सहुलियत गरि दिने भन्दै पैसा माग्दै आएको भनी लामालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । कार्यालय समय पछि साँझ घुस रकम लिएर सिमराको एक होटेलमा खाजा खान बसेको समया अख्तियारको टोलीले निजलाई रङ्गेहाँत पक्राउ गरेको हो ।

ghus rakam bara

यसैगरी सोमवार नैं मालपोत कार्यालय बाराका नायब सुब्बा हरिमोहन सिंह क्षेत्री घुस रकम सहित अख्तियारले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले कार्यालयमा रहेर सहयोगीको भुमिकामा बिचौलियाको काम गर्ने हरिमोहन सिंह क्षेत्रीलाई पक्रेको हो ।

अख्तियारमा मुद्दा चलिरहेको बिवादास्पद जग्गा मिलाई दिने भन्दै सेवाग्राहीसँग एक लाख रकम मागेको आरोप लागेका उनी सोमवार कार्यालय परिसरबाटै सोही रकम लिँदै गर्दा रंङ्गेहाँत पक्राउ परेको हुन् । पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडा लगिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);