वीरगन्ज महानगरका एक कर्मचारी घुस लिँदै गर्दा रंगेहात पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

वीरगन्ज महानगरका एक कर्मचारी घुस लिँदै गर्दा रंगेहात पक्राउ

वीरगन्ज, १४ पुस । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिकाको लेखा शाखामा कार्यारत कम्प्युटर अपरेटर राकेश कुमार जैसवाललाई १५ हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको हो ।

लेखा शाखाका प्रमुख रुपनारायण राउतको कार्यकक्षमा सोमबार दिउँसो सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा जैसवाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका ३० मा उपभोक्ता समिति मार्फत निर्माण भएको ढलान सडकको भुक्तानीका लागि जयसवालले १५ हजार रुपैयाँ घुस मागेको र त्यहि रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);