भेरी अस्पतालका कम्प्युटर अपरेटर कमिशन सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भेरी अस्पतालका कम्प्युटर अपरेटर कमिशन सहित पक्राउ

pakrau

नेपालगन्ज, ८ साउन । नेपालगन्ज स्थित भेरी अस्पतालमा अख्तियार दुरुपयोग आयोगले छापा मारेकोछ । यसक्रममा अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई नगद १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ कमिशन सहित पक्राउ गरेको अख्तियार नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिनुभएको छ ।

विशेष सुराकीको आधारमा अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर खनालाले कमिशन बापतको रकम लिइरहेको भन्ने बुझिएपछि अख्तियारका सूचना अधिकारी पाण्डे सहितको टोली बिहीबार दिउँसो भेरी अस्पताल पुगेको थियो ।

उक्त टोलीले भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाललाई कमिशन बापतको रकम लिइरहेको अवस्थामा अस्पताल भित्रैबाट पक्राउ गरेको सूचना अधिकारी पाण्डे बताउनुभयो ।

कम्प्युटर अपरेटर खनाल विगत लामो समयदेखि स्टोर सम्हाल्दै आएका ब्यक्ति भएको अनुसन्धानका क्रममा पत्ता लागेको छ । दरबन्दी कम्प्युटर अपरेटर भएपनि स्टोरको जिम्मेवारी सम्हालेका कारण उनले अस्पतालका मेसु लगायतसगंको सहमतिमा वर्षौंदेखि लाखौं रुपैयाँ यसरी नै कमशिनका रुपमा आम्दानी गर्दै आएको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

भेरी अस्पतालमा अरुणदेव खनाल मात्रै होइन दर्जनौं ब्यक्ति दरबन्दी अनुसारको पद भन्दा माथिल्लो वा आम्दानी हुने शाखामा रजाई गर्दै आएका छन् । अस्पतालका स्टोर प्रमुख केशव पौडेलले आफू कार्यालयमा नआइ स्टोरको जिम्मेवारी उनै कम्प्युटर अपरेटर खनाललाई सुम्पिएका थिए । यसबापत खनालले विभिन्न ब्यक्तिलाई कमिशन उपलब्ध गराउँदै आएको पनि अख्तियारको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

अख्तियारले कमिशन सहित पक्राउ परेका खनालसगैं आवश्यकता अनुसार अस्पतालका विभिन्न ब्यक्तिलाई अनुसन्धानका लागि बोलाउन सक्ने र अहिले पक्राउ नपरेपनि आधा दर्जन ब्यक्ति अख्तियार उच्च निगरानीमा रहेको अख्तियारका सूचना अधिकारी पाण्डे बताउनुहुन्छ ।
आयोगमा केही दिनअघि अस्पतालमा ल्याइएको कोरोना भाइरस परीक्षण उपकरणमा आर्थिक चलखेल भएको भन्दै भेरी अस्पतालका विरुद्ध उजुरी दर्ता भएको थियो ।

उजुरी दर्ता पछि अख्तियारले अस्पतालका बारे प्रारम्भिक अनुसन्धान गरेकोमा उक्त अनुसन्धानका क्रममा अस्पतालले अख्तियारलाई उपलब्ध गराएको कागजपत्र सन्तोषजनक नदेखिएपछि थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले आज बिहीबार छापा मारेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);