गुल्मीमा विधार्थी भए चटपटे व्यापारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

गुल्मीमा विधार्थी भए चटपटे व्यापारी

सुमन महतारा
गुल्मी, ८ साउन । कोरोना भाइरसका कारण लामो समय विधालय सञ्चालन हुन नसक्दा धेरै विधार्थीहरू घरभित्रै थुनिएर बस्न बाध्य भएका छन् । तर, गुल्मीका विधार्थीहरू भने चटपटे बेचेर मनग्य आम्दानी गरिरहेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर–४ दोहलीमा विधालय उमेर समूहका बालबालिकाहरू रुखमुनि बसेर चटपटे बेच्छन् । कोरोनाका कारण लामो समय विधालय जान नपाएपछि बालबालिकाहरू समयको सदुपयोग गर्दै चटपटे बेचेर आम्दानी गरिरहेका हुन् । उनीहरू बिहान १० बजे देखि साँझ पाँच बजेसम्म चटपटे बेच्नमै व्यस्त हुन्छन् ।

एक सय रुपैयाँको सामान खरिद गरी चटपटे बनाएर बेच्दा ५ देखि ६ सय रुपैयाँसम्म आम्दानी हुने गरेको विधार्थी सीमा विष्टले बताउनुभयो। चटपटे बनाउन र बेच्न निकै सहज हुने विधार्थीहरूको भनाई छ ।

दिनमा २० जना भन्दा बढी मानिस चटपटे खान आउने गरेका छन् । चटपटे बिहानदेखि बेलुकासम्म नै बिक्री हुने गरेको अर्का विधार्थी किस्मत तिमिल्सिनाको बताउनुहुन्छ।

खेलेर र अभिभावकबाट पैसा मागेर खाने उमेरका बालबालिकाले आफैंले चटपटे बेचेर समयको सदुपयोग र आर्थिक उपार्जन गर्दा अभिभावक पनि खुसी छन् ।

विधालय सञ्चालन नभएको अवस्थामा बालबालिकाको यो कार्य उदाहरणीय छ । खाली समयको सदुपयोग गरेर यी बालबालीकाले अरुलाई पनि पाठ सिकाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);