अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई भन्यो : धार्मिकस्थलहरूको जग्गा यकिन गर्नू | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई भन्यो : धार्मिकस्थलहरूको जग्गा यकिन गर्नू

काठमाडौं, ८ साउन । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरीका धार्मिकस्थलहरूको जग्गा अतिक्रमण भए/नभएको यकिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले पशुपतिनाथ, चाँगुनारायण, लुम्बिनी, जानकी मन्दिरलगायत देशभरीका धार्मिकस्थलहरूको जग्गा अतिक्रमण भए/नभएको यकिन गर्न सरकारलाई बिहीबार निर्देशन दिएको हो ।

धार्मिकस्थलहरूको जग्गा अतिक्रमण भएको पाइएमा योजनाअनुसार सम्बन्धित निकायको जिम्मा लगाउने कार्य अगाडि बढाउन पनि समिति सभापति पवित्रा निरौला खरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले पुरातात्विक महत्वका सम्पदा, प्राचिन स्मारक र अभिलेखहरूको संरक्षणमा खोज गरी गुरुयोजना निर्माण गर्न पनि निर्देशन दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);