नेशनल ट्रेडिङको सम्पति विक्रि नगर्न लेखा समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेशनल ट्रेडिङको सम्पति विक्रि नगर्न लेखा समितिको निर्देशन

२० फागुन, काठमाडौं । नेशनल ट्रेडिङको नाममा रहेको जग्गा तत्काल विक्रि वितरण नगर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले नेशनल ट्रेडिङको नाममा रहेको सम्पूर्ण सम्पत्ति बिक्रि नगर्न र विवरण पेश गर्न पनि आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले नेशनल ट्रेडिङ काम विहिन अवस्थामा पुगेपछि समितिले त्यसको हालको अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायका पदाधिकारीसँग पुनः छलफल गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले गैरनाफा मुलक संस्थानलाई व्यापारिक प्रयोजनका लागि उपलव्ध नगराउन पनि सरकारलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्यहरुले सिंहदरबार छेउमै ठूला भवन निर्माण गर्ने काममा प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका थिए । उनीले सुरक्षा चुनौति हुने गरी ठूला भवन बनाउन सहमति दिने काम सरकारबाट भएको भन्दै आपत्ति जनाएका थिए ।

बैठकमा आपूर्ति मन्त्रालयका पदाधिकारीले सरकारले नेशनल ट्रडिङमा रहेको जग्गा विक्री गरी त्यहाँका कर्मचारीहरुलाई अवकास दिने योजना पनि बनाएको जानकारी दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);