पूर्व तयारी सम्पन्न नभएका आयोजनामा बजेट विनियोजन नगर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पूर्व तयारी सम्पन्न नभएका आयोजनामा बजेट विनियोजन नगर्न निर्देशन

artha samiti

काठमाडौं, ४ चैत । संघीय संसदको अर्थ समितिले आगामी आर्थिक वर्ष पूर्व तयारी सम्पन्न नभएका आयोजनामा बजेट विनियोजन नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्षदेखि पूर्व तयारी सम्पन्न नभएका आयोजनाहरुमा बजेट विनियोजन नगर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिको बैठकले बजेट कार्यान्वयनका लागि समितिले दिँदै आएको निर्देशनहरु पालना नहुनुको कारणबारे एक हप्ता भित्र समितिमा स्पष्टिकरण दिन पनि अर्थ मन्त्रालयलाई सचेत गराएको छ । विगतमा दिइएका निर्देशन पालना नभएकाले यसको कारण र कार्यान्वयन गर्ने योजना सहितको विस्तृत विवरण एक हप्ता भित्र समितिमा पेश गर्न पनि अर्थ मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

समितिले आगामी आर्थिक वर्षमा संचालन हुने आयोजना कार्यक्रमहरुको लागि आवश्यक कार्यविधि, निर्देशिका चालू आर्थिक वर्षमै स्विकृत गरी बजेट विनियोजनको कार्य प्रारम्भ गर्न पनि सरकारलाई निर्देश गरेको छ ।

बजेट विनियोजन गर्दा खरिद योजना पनि अनिवार्य रुपमा समावेश गर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइएको समितिका सभापति दाहालले बताए । समितिले हरेक दिनको आयोजना कार्यान्वयनको प्रगति विवरण राख्न के गर्न सकिन्छ ? भन्ने सुझाव सहितको विवरण १५ दिन भित्र समितिलाई जानकारी गराउन पनि निर्देशन दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);