चैत्र ८ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चैत्र ८ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला

काठमाडौं, ४ चैत । यही चैत्र ८ गतेदेखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला आयोजना हुने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको भुकृटीमण्डपमा यही चैत्र ८ देखि २२ औं पुष्प मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

पुष्प व्यवसायको अन्तर्राष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि मेला आयोजना गर्न लागिएको एशोसिएशनका उपाध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक शिबबहादुर खड्काले जानकारी दिए ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो मेलामा ४८ वटा स्टल रहनेछन् । आयोजक समितिका अनुसार मेलामा उत्कृष्ट मौसमी फूल, फूलको विरुवा र स्टललाई नगदसहित पुरस्कार प्रदान गरिनेछ ।

३ दिनसम्म चल्ने मेलामा करिव ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको पनि संयोजक खड्काले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);