भृकुटीमण्डपमा २२ आैं पुष्प मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भृकुटीमण्डपमा २२ आैं पुष्प मेला सुरु

काठमाडौं, ८ चैत । काठमाडौंको भृकुटीमण्डपमा २२ आैं पुष्प मेला सुरु भएको छ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले शुक्रबार एक कार्यक्रमकाबीच २२ औं पुष्प मेलाको उद्घाटन गरेकी छन् ।

पुष्प व्यवसायको अन्तर्राष्ट्रिय बजारमा समेत प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । उनले पुष्प मेला लगायतका मेलाहरुको प्रदर्शनीका लागि तत्काल प्रर्दशनी स्थलको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो मेलामा ४८ वटा स्टल रहेका छन् । आयोजक समितिका अनुसार मेलामा उत्कृष्ट मौसमी फूल, फूलको विरुवा र स्टललाई नगदसहित पुरस्कार प्रदान गरिनेछ ।

३ दिनसम्म चल्ने मेलामा करिव ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा पनि गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);