धरानमा चौथो पुष्प व्यापार मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धरानमा चौथो पुष्प व्यापार मेला सुरु

puspa mela dharan1

सुनसरी, १ फागुन । फ्लोरी कल्चर एसोसिएसन सुनसरीको आयोजनामा धरानमा चौथो पुष्प ब्यापार मेला सुरु भएको छ । स्थानीयरुपमा उत्पादित फुलको बजार विस्तार गर्ने उद्देश्यले बिहिबारदेखि सुरु भएको पुष्प मेला यहि फागुन ४ गतेसम्म चल्नेछ ।

पब्लीक मावीको खेल मैदानमा आयोजित मेलामा ५२ वटा स्टल मार्फत फुलहरुको प्रदर्शन गरीएको छ । मेलामा मुख्य आकर्षणको रुपमा मोरङ पथरीमा उत्पादन गरिएको ‘सेरामिक गमला’ विक्री कक्ष राखिएको छ ।

यस पटक फुल प्रेमिहरुले ड्रागन फुड्सको स्वाद चाख्न पाउने भएका छन् । स्वास्थ्यको लागि ड्रागन फुड्स राम्रो मानिन्छ । प्रतिगोटा १५ रुपैयाँदेखी डेढ लाख लाखसम्मको फुल तथा आलाङकारिक बोट विरुवा उपलब्ध छन् ।

मेला अवधिभर करिब ६० लाखको कारोबार गर्ने र ५५ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ ।

puspa mela dharan

puspa mela dharan2

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);